कारोबार


पहिलो कारोबार दिन नेप्से घट्यो, ३५ करोडको सेयर कारोबार

पहिलो कारोबार दिन नेप्से घट्यो, ३५ करोडको सेयर कारोबार

नेपालखबर
मंसिर १, २०७६ आइतबार १०:३०,

सेयरबजारमा साताको पहिलो कारोबार दिन आज बजार कारोबार मापन गर्ने सूचक नेप्से ४ दशमलव ५९ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ठूला कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ९३ अंकले गिरावट आएको छ।

आज सेयरबजारमा कुल १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ५ हजार ९ सय ३९ पटकको खरिदबिक्रीबाट कुल ३५ करोड ५१ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। आज कुल बजार पुँजीकरण १४ खर्ब ३५ अर्बको र तरल बजार पुँजीकरण ५ खर्ब २२ अर्बको रहेको नेप्सेले जनाएको छ।

आज कुल १२ समूहको कारोबार भए पनि १० समूहको कारोबार सूचक घटेको छ। अन्य र व्यापारको सूचक मात्रै बढेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टको ४ करोड ४ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ९३ लाखको, एनएमबी बैंकको ३ करोड २३ लाखको, नेपाल बैंकको ३ करोड १४ लाखको र हिमालयन डिस्टिलरीको उच्च सेयर कारोबार भएको छ।

सेयरमूल्य बढ्ने कम्पनीमा भने साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि छ। कम्पनीका सेयरधनीले आज ९.९७ प्रतिशत आम्दानी गर्दा प्रतिकित्ता सेयर मूल्यमा ९४ रुपैयाँ बढेको छ। त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको पनि आज ९.८७ प्रतिशतले सेयर मूल्य बढ्दा सेयरधनीले प्रतिकित्ता ३९ रुपैयाँ कमाएका छन्। पाँचथर पावर कम्पान्ट लिमिटेडको सेयरमा पनि आज ९.८० प्रतिशत बढेको छ। कम्पनीका सेयरधनीले प्रतिकित्ता १० रुपैयाँ कमाएका छन्।

यता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर पनि ७.३१ प्रतिशतले बढ्दा सेयरधनीले प्रतिकित्ता ७५ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले प्रतिकित्ता ६.२५ प्रतिशत अर्थात् ३० रुपैयाँ आम्दानी गरेको नेप्सेले जनाएको छ।

गुमाउने कम्पनीमा शिवम् सिमेन्ट अगाडि छ। कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशत गुमाएका छन्। उनीहरुको प्रतिकित्ता ४८ रुपैयाँ गुमेको हो। त्यस्तै, आरेन्टल होटल्स लिमिटेडको पनि सेयरमा ६.३६ प्रतिशतले गिरावट आएको छ। कम्पनीका सेयरधनीले २८ रुपैयाँ गुमाएका छन्। गुडविल फाइनान्स कम्पनीका सेयरधनीले ५.७६ प्रतिशत अर्थात् प्रतिकित्ता ८ रुपैयाँ गुमाएका छन्।

खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले प्रतिकित्ता ५.६६ प्रतिशत अर्थात् ३ रुपैयाँ गुमाएका छन् भने युनिभर्सल पावर कम्पनीका सेयरधनीले ५.१३ प्रतिशत अर्थात् प्रतिकित्ता ४ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad