हङकङमा प्रदर्शनकारीको धनुवाण प्रहारबाट एक प्रहरी घाइते

हङकङमा प्रदर्शनकारीको धनुवाण प्रहारबाट एक प्रहरी घाइते

नेपालखबर
मंसिर १, २०७६ आइतबार १०:४४,

आइतबार प्रदर्शनकारीले प्रहार गरेको धनुवाणको तिरले प्रहरीलाई लागेको एससीएमपीले जनाएको छ।

हङकङको केन्द्रीय विश्वविद्यालय हङकङ पोलिटेक्निक युनिभर्सिटीमा संयौ प्रदर्शकारी उपस्थित भएका थिए। उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरी खटेका थिए।

प्रहरीले प्रदर्शकारीलाई हटाउन खोज्दा प्रदर्शकारीले धनुवाण, पेट्रोल बम, इटा लगायतका सामाग्रीले प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रदर्शनकारीले हङकङका दर्जनौं स्थानमा आगजनी गरेका छन्। सार्वजनिक भएका तस्बिर र भिडियोमा हङकङ जलेको देखिएको छ।

सोही क्रममा एक प्रहरीलाई धनुवाणले लागेको हो। ती प्रहरीको खुट्टा छेडिएको जनाइएको छ।

प्रदर्शनकारीले हिंस्रक प्रदर्शन गरेपछि प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रु ग्याँस, पानीको फोहरा प्रयोग गरेका छन्।

Image result for hk protest fire a

Photo: Sam Tsang

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .