प्रभु बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्बरुपैयाँको ऋणपत्रको बाँडफाँट गरेको छ। बैंकले ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ ऋणपत्र शुक्रबार बाँडफाँट गरेको हो।
उक्त ऋणपत्र यही कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको थियो। न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग गरिएको थियो। ऋणपत्रलाई आईसीआरए–नेपालले न्यून कर्जा जोखिमको ‘आईसीआरए–नेपाल एलएलबीबीबी’ र्यांकिङ प्रदान गरेको थियो।
प्रभु बैंकले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट तथा ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रीका लागि छिटोमा २५ र ढिलोमो मंसिर २० मा बन्द हुने गरी २१ गते निष्काशन गरेको थियो।
उक्त ऋणपत्र बिक्री अवधि समाप्त हुनुअगावै सार्वजनिक निष्काशन गरिएबराबरको खरिद भएको छ।

प्रतिक्रिया