कारोबार


धितोपत्रको अध्यक्षका लागि अन्तिम ३ जना छनोट, को–को परे?

धितोपत्रको अध्यक्षका लागि अन्तिम ३ जना छनोट, को–को परे?

नेपालखबर
फागुन २, २०७८ सोमबार १७:५९, काठमाडौँ

नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि अन्तिम तीनजनाको नाम छनौट भएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो।

योजना आयोगका उपाध्यक्ष विश्व नाथ पौडेलको संयोजकत्वमा रहेको समितिले ३ जनाको नाम छनोट गरेको हो।

समितिले छनौट गरेका तीन जनालाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा सिफारिस गर्ने छन्। सिफारिस गरिएको ३ जनाबाटै एकजनालाई मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ। 

अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .