ad ad

खेल


दीपेन्द्र चम्किएपछि आयरल्याण्डबाट नेपालले पायो सामान्य लक्ष्य

दीपेन्द्र चम्किएपछि आयरल्याण्डबाट नेपालले पायो सामान्य लक्ष्य

नेपालखबर
फागुन २, २०७८ सोमबार १७:१४, काठमाडौँ

दीपेन्द्रसिंह ऐरीले करिअरको उच्च बलिङ प्रदर्शन गरेपछि नेपालले टेस्ट राष्ट्र आयरल्याण्डबाट जारी चार देशीय टी-२० क्रिकेट शृंखलामा १२८ रनको सामान्य लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्रै बनाउँन सक्यो। 

दीपेन्द्रले ४ ओभरमा २१ रनमार्चै खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सो स्कोरमा खुम्चिएको हो। 

आयरल्याण्डका जर्ज डोकरेलले २८, कर्टिश क्याम्फरले २०, लोर्कन टुकेरले १५, सान गेटेकाटेले १४ तथा कप्तान एन्डी बलबिर्नीले १९ रन जोडे।

नेपालका लागि दीपेन्द्रबाहेक अविनाश बोहराले २ विकेट लिए। ४ ओभरमा उनले २९ रन रन खर्चिए। 

यस्तै यसै खेलमार्फत सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरे। 

१८औं ओभरमा जर्ज डकरललाई आउट गर्दै उनले उक्त कोशेढुंगा पार गरेका हुन्। 

टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने। सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन्। 

सन्दीप अघि श्रीलंकाका बो मेन्डीसले २६ र आयरल्याण्डका मार्क एडिरले २८ बलमा ५० रन पूरा गरेका थिए। 

नेपालका लागि जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समेत समान १-१ विकेट लिए। 

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेलेको हो।

शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो।

ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्। पहिलो खेलमा सोहीदिन नेपालले आयोजक ओमानको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .