युरोपेली संघ (ईयू)ले नेपालसहित दक्षिण एसियाली देशहरुमा जलवायुसम्बन्धी स्मार्ट लगानी गर्ने भएको छ।
ईयूले क्लाइमेट स्मार्ट र समावेशी पूर्वाधार लगानी गर्नलागेको हो ।
ईयूले कुल दुई करोड १५ लाख अमेरिकी डलरबराबरको कोष विनियोजन गर्नलागेको हो ।
यो लगानी नेपालसहित भारत, भुटान, माल्दिभ्स, बंगलादेश र श्रीलंकाामा गरिने अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । आईएफसीले यो लगानीमा ‘एक्सिलेरेटिङ क्लाइमेट स्मार्ट एन्ड इन्क्लुजिभ इन्फ्रास्ट्रक्चर इन साउथ एसिया (एसीएसआईआईएस)’ शीर्षकको कार्यक्रमअन्तर्गत कार्यान्वयन गर्नेछ ।
एसीएसआईआईएस पाँच वर्षे कार्यक्रम हो । यसले ऊर्जा, जल, फोहोर व्यवस्थापनमा सघाउने बताइएको छ । त्यसैगरी यातायात, आतिथ्य र हरितवृद्धिमा पनि यसको उपयोग गरिनेछ । यसबाट ती देशका मानिसलाई सहयोग हुने आईएफसीको भनाइ छ । त्यसैगरी यो क्षेत्रमा ८५ करोड डलर लगानी फाइदा निजी क्षेत्रले लिन सक्नेछन् ।
कोरोना महामारीले पूर्वाधारतर्फको लगानीलाई नराम्रो असर पु¥यायो । ‘निजी क्षेत्रको सहभागितामा पूर्वाधारमा लगानी प्रतिबद्धता जनाउने क्रम पनि सन् २०१९ को तुलनामा २०२० मा ५२ प्रतिशतले घटेको थियो’, आईएफसीले प्रेस वक्तव्यमा भनेको छ । आईएफसीको अनुमानअनुसार दक्षिण एसियाली देशहरुले ३० खर्ब डलरभन्दा बढीको क्लाइमेट स्मार्ट इन्भेस्टमेन्ट अवसर खुलाउनसक्छन् । ‘यो पनि सन् २०३० सम्म पेरिस सम्मेलनले निर्धारण गरेको राष्ट्रिय लक्ष्यअनुसार’, आईएफसीले भनेको छ ।
‘दिगो र समावेशी स्वरुपमा क्लाइमेट स्मार्ट इन्फ्रास्ट्रक्चरमा निजी पुँजी आकर्षित गर्दा कोभिडपछिको परिस्थितिमा दक्षिण एसियाका लागि महत्वपूर्ण हुनेछ’, आईएफसीले भनेको छ । यो कार्यक्रमलाई भने युरोपेली संघले सहयोग गरेको छ । खासगरी यो कार्यक्रमबाट कृषि, उत्पादन, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा फाइदा पुग्नेछ ।
Shares

प्रतिक्रिया