१० वर्ष अघिसम्म आयातित र पुरानो प्रविधिमाआधारित जीआई पाइपले धानेको नेपालको पाइपिङ उद्योगले आजको दिनसम्म उल्लेखनीय प्रगति गरिसकेको छ।
यस यात्रामा मंगलम् पाइप्सको नाम अग्रपंक्तिमा आउँछ। सन् २००९ मा स्थापना भई पीभीसी पाइपको उत्पादनबाट आफ्नो औद्योगिक यात्रा शुभारम्भ गरेको मंगलमले सुरुवातदेखि नै नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादनहरु प्रदानगर्दै आइरहेको छ।
देशमा आवश्यक निर्माण सामाग्री खास गरी पाइप्स र फिटिङ्स्, देशमै उत्पादन गर्न सफल हुनुलाई उद्योगको उल्लेखनीय उपलब्धिको रुपमा लिन सकिन्छ । त्यस्तै गरी स्थानीय रोजगारी र वातावरणमैत्री उत्पादन प्रकृयालाई पनि मंगलमले आफ्नो प्राथमिकतामा राखेको छ ।
मंगलम ग्रुपले विगत १२ वर्षदेखि प्लम्बिङका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू नेपाली बजारमा उत्पादन तथा वितरण गराउँदै आइरहेको छ। सन् २००९ देखि पाइप्स तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको यस कम्पनीले नेपालमै पहिलो पटक सीपीभीसी पाइप उत्पादन एवम् वितरण गरेको थियो, जुन निकै लोकप्रिय छ।
नेपाली निर्माण बजारमा लोकप्रिय पीभीसी र सीपीभीसीको साथै मंगलमले निर्माण कार्यमा आवश्यक सम्पूर्ण पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ।
नेपाली बजारको मागअनुसार नेपालमै उत्पादन गर्ने र आयात कम गर्ने उद्धेश्यले मंगलम्ले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा अर्को नयाँँ कारखाना खोलेर उत्पादन गरिरहेको छ।
हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको यस कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भइरहेका छन्।
पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित रहँदा–रहँदै पनि उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई नेपाली बजारमा अन्तरास्ट्रिय गुणस्तरको उत्पादन दिने परिकल्पनाका साथ् यो नयाँँ प्लान्टको स्थापना गरिएको कम्पनीले जनाएको छ।
अत्याधुनिक र सुविधासम्पन्न औजार तथा उपकरणहरु रहेको उद्योगल गभग ३ लाख वर्ग फिटमा फैलिएको छ। कारखानाको वार्षिक उत्पादन क्षमता १२ हजार मेट्रिक टन रहेको छ। यो उद्योग पूर्णतया बिजुलीबाट चल्नुको साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पूनःप्रयोग हुने हुनाले ध्वनि र अन्य वातावरणीय प्रदुषण पनि हुँदैन।
यसमा एउटै युनिटबाट सीपीभीसी, पीभीसी, एचडीपीई, वायरसेफ लगायतका पाइप्सहरु उत्पादन हुन्छ। मंगलम् पाइप्स र फिटिङ्स सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्य एक भएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया