कारोबार


सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १२:३६,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ।

यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा शुक्रबार र शनिबार (कार्तिक २९ र ३० गते), महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते हुनेछ। यस एक्टिभेसनको मुल उद्देश्य ग्राहकहरुसँग अन्तर्कि्रया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ।

एक्टिभेसनको समयमा सेलपेले ‘स्पोट केवाईसी’ प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु मा बिना वालेट कारोबार गर्न सकिने, बास्तविक समयमा भुक्तानि, सरल, सहज र सुरक्षित, न्युन सेवा शुल्क तथा कारोबार गरे वापत लोयाल्टि पोइन्टस रहेको सेलपेले जनाएको छ।

सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad