समाज


सल्यानमा जिप दुर्घटना, दुईको मृत्यु, ८ घाइते

सल्यानमा जिप दुर्घटना, दुईको मृत्यु, ८ घाइते

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १२:३५,

सल्यानमा जिप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ।

त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जिप बिहीबार दिउँसो बडाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएका छन्।

गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेमा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा छन्। घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .