ad ad

कारोबार


राजेश हमालको उपस्थितीमा लिटमस केबलद्वार ‘पावर पार्टनर्स मिट’

राजेश हमालको उपस्थितीमा लिटमस केबलद्वार ‘पावर पार्टनर्स मिट’

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १७:४१, काठमाडौँ

लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ।

कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसडर नेपाली चलचित्रका अभिनेता राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो।

वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ। 

कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो।

सो अवसरमा कम्पनीका ब्राण्ड एम्बेसडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए। भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘हामीहरुले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ। साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ।’

सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रा.लि.नेपालको पहिलो अल्मुनियम कन्डक्टर स्टिल रेनफेसर्स्ड कन्डक्टर निर्माण कम्पनी हो। कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।

विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको जनाएको छ।

यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको दाबी गरेको छ।

कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .