ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यी एजेण्डामा छलफल हुँदै

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यी एजेण्डामा छलफल हुँदै

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १७:३२, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले सवा ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

गठबन्धन सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सकिएलगत्तै गठबन्धन र रामचन्द्र पौ‌डेल नेतृत्व उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका थियो। तर उक्त सम्बोधन एक घण्टापछि मात्रै भएकाले बैठक पनि ढिलागरी सुरु भएको हो। 

यो बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। 

बैठकमा आगामी वैशाख-जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे निष्कर्षमा पुग्न सकिने एक नेताले बताएका छन्।

आगामी निर्वाचनबारे साझा धारणा बनाउन बैठक बसेको हो। २०७९ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपरेमा एक दुई दिनमै मिति घोषणा गर्नुपर्ने दबाबमा गठबन्धन सरकार परेको छ।

तर मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख-जेठमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

त्यसलाई लिएर बिहीबार प्रचण्ड, देउवा र माधव नेपाल पनि वार्तामा बसेका थिए। उनीहरुले पनि बैठकमा एमालेले संसद चल्न नदिएकाले अब नयाँ जनादेशमा जानु उचित हुने निष्कर्ष निकालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .