ad ad

कारोबार


फोटोनको लाइट ट्रक अमार्क २ महिनाभित्र नेपाल आउने, यस्ता छन् विशेषता

फोटोनको लाइट ट्रक अमार्क २ महिनाभित्र नेपाल आउने, यस्ता छन् विशेषता

नेपालखबर
माघ २, २०७८ आइतबार ११:५१, काठमाडौँ

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ। 

एमएडब्लु वृद्धिले मार्चको पहिलो साता  फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ।

पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु बिक्रीवितरण हुँदै आएका छन्। कुनै समय सीमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुनथालेको छ।

ट्रक भन्नेबित्तिकै ठूला र धेरै भारवहन गर्नसक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएका छन् तर अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुचि देखाउनथालेका छन्। 

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ। 

फोटोन अमार्कमा क्याबिनको डिजाइन पनि उत्कृष्ट छ। यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जित छ।

यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ। यसको रेटेड पेलोड क्यापासीटी भने ३७३० किलो रहेको छ। 

यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६ सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५ सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .