ad ad

कारोबार


हिमालयन बैंक साधारणसभाः २६ प्रतिशत लाभांश पारित, इन्भेष्टमेन्टसँगको मर्जर अस्वीकृत

हिमालयन बैंक साधारणसभाः २६ प्रतिशत लाभांश पारित, इन्भेष्टमेन्टसँगको मर्जर अस्वीकृत

नेपालखबर
माघ २, २०७८ आइतबार ११:४३, काठमाडौँ

हिमालयन बैंक लिमिटेडको २९औँ वार्षिक साधारणसभा गत पुस ३० गते सम्पन्न भएको छ। 

साधारणसभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश पारित गरे पनि बहुप्रतीक्षित इन्भेष्टमेन्ट बैंकसँगको मर्जरलाई भने अस्वीकृत गरेको छ। 

कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानुनअनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड—१९को बढी रहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट भएको हो। 

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ वार्षिक प्रतिवेदनसहित सोही आ.व.को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।

यसका साथै हिमालयन बंैक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको छ। उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीहरुमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्वीकृत भएको छ। उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५ हजारभन्दा बढी पस टर्मिनल्स संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ। 

समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .