कारोबार


जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १४:५६,

जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले सयुँक्त रुपमा उद्घाटन गरे। सेवाकेन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

संस्थाका कार्यकारी सञ्चालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ। संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउँदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोबार एक अर्ब ३८ करोड पुर्याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए।

संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागीतामा सरसफाई अभियान सम्पन्न गरिएको कार्कीले जानकारी दिए। संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाउँ शहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवाकेन्द्र सुरु गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .