समाज


बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १५:१५,

बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटे बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताए। पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटे बाघको आक्रमण बढेको छ। यसअघि २०७५ माघ यता पाटे बाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ। बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन्।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ। निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयवासी शाहीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad