ad ad

कारोबार


पोखरामा सडक महोत्सव सुरु

पोखरामा सडक महोत्सव सुरु

वाशुदेव मिश्र
पुस १५, २०७८ बिहिबार १८:३, काठमाडौँ

पोखरामा आजबाट सडक महोत्सव सुरु भएको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई लक्षित गरी महोत्सव सुरु भएको हो।  

‘सडकमै खाऊँ, सडकमै रमाऔँ’ भन्ने नारासहित रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले महोत्सवको आयोजना गरेको हो। यो महोत्सवको २३ औं संस्करण हो।

महोत्सव ३ दिनसम्म चल्नेछ। पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण ५ दिने महोत्सवलाई ३ दिनमा झारिएको र स्वास्थ्य मापदण्ड अपनाएरै महोत्सव आयोजना गरिन लागेको उनले जिकिर गरे।

उनका अनुसार महोत्सवको बेला अवलोकनकर्तालाई कोभिडको खोप पनि दिइने छ। करिब ५ सय जना जतिलाई जोन्सन एण्ड जोन्सनको खोप दिने प्रबन्ध मिलाइएको उनले बताए। 

महोत्सव खाना र संस्कृतिको मिश्रण भएको बताउँदै उनले लेकसाइडमा संसारभरका खानाका परिकार पाक्ने जिकिर पनि गरे।

‘यहाँ संसारभरका चुल्होमा पाक्ने खाना पाक्छ,हामीले भने नेपाली परिकारको ब्राण्डिङलाई प्राथमिकता दिएका छौं’,संयोजक भट्टराईले भने,‘ महोत्सवको अवसरमा प्याराग्लाइडिङदेखि होटलको कोठा र खानासम्म नै छुट दिइएको छ।’

उनका अनुसार महोत्सवको क्रममा लेकसाइड क्षेत्रका ठूला होटलहरु सबै बुकिङ भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .