कारोबार


गोल्छा महासंघको अध्यक्ष बन्न बाटो खुल्यो

गोल्छा महासंघको अध्यक्ष बन्न बाटो खुल्यो

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १५:३२,

नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान संशोधन गर्न बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ। विशेष साधारण सभा स्थगित भएसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्न बाटो खुलेको छ।

महासंघले विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था संशोध गर्न यही कात्तिक २७ गते विशेष साधारणसभा बोलाएको थियो।

विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालको अध्यक्षतामा बसेको बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो। शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले प्रकृया पूरा नगरि विधान संशोधन अघि बढाइएको भन्दै आएको फरकमतलाई आधार मानेर विशेष साधारणसभा स्थगित गरिएको हो।

विधान संशोधन समितिले स्थगितको प्रस्तावलाई आइतबार चार बजे बस्ने स्थायी समिति बैठकले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ।

विधान संशोधन स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad