पूर्व मन्त्री एवं उद्योगी व्यवसायी रुप ज्योतिलाई पक्राउ गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आपत्ति प्रकट गरेको छ।
अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा, आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुपज्योती र उनकी छोरी सुरुची पक्राउ गरिएकोमा निजी क्षेत्र मर्माहित भएको चेम्बरले जनाएको छ।
‘देशमा ठूला लगानी गरेको र नियमित रुपमाउल्लेखनिय राजश्व योगदान गरी रहेकाउद्यमी/व्यवसायीलाई अमर्यादितव्यवहार गरिदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्रीवातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जानेछ’ चेम्बरले भनेको छ।
कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी÷व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न पनि चेम्बरले सम्बन्धित निकायसँग आग्रह गरेको छ।
3
Shares
प्रतिक्रिया