ad ad

कारोबार


मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहन्छः उद्याेगमन्त्री यादव

मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहन्छः उद्याेगमन्त्री यादव

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ८:३,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। मन्त्री यादवले आफ्नै पुँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौँ, तबसम्म मुलुकमा व्यापारघाटा कायमै रहने प्रष्ट्याएका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रनिर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलुकभित्रै रहेको दाबी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए। नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ।

‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं’, मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढी कोशिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पुँजी पनि हुन्छ।’

उनले बाह्य पुँजी र प्रविधि भित्र्याउन सकिए पनि आन्तरिक पुँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पटक–पटक दोहो¥याए।

मन्त्री यादवले देशभित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको पनि स्पष्ट पारे। उनले सबैभन्दा महंगो गाडी चढ्ने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापारघाटा भइरहने तर्क पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .