आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब यूरो (१.२ अर्ब अमेरिकी डलर) मा खरिद गर्ने सम्झौता भएको जानकारी गराएको छ।
आइएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एअर यूरोपालाई लिएको सम्झौतामा उल्लेख छ। कम्पनीले आफ्नो सेवालाई म्याड्रिडका साथै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा बिस्तार गर्ने जनाएको छ।
आइएजीका प्रमुख कार्यकारी अधिकृत विल्ली वाल्सले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “एअर यूरोपालाई लिएसँगै आइएजी थप प्रतिस्पर्धी तथा मूल्यका हिसाबले पनि सस्तो तथा प्रभावकारी सेवा प्रदायक विमान कम्पनी बन्नेछ।”
“अब आइइजीको सेवाले म्याड्रिडलाई प्रमुख यूरोपेली केन्द्र बनाउने र सेवालाई दक्षिण एटलान्टिक क्षेत्रमासमेत नेतृत्व गर्न सफलता मिल्ने र कम्पनीका शेयरकर्तालाई थप आर्थिक महत्व प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ,” उनले एएफपीसँग भने। रासस


प्रतिक्रिया