बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले डोमिनार राइड सञ्चालन गर्ने भएको छ।
कम्पनीले बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको सञ्चालन गर्नलागेको जनाएको छ।
जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार डोमिनार चालकहरुको लागि तयार पारिएको यो कार्यक्रम ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ।
राइड योर ओन स्टोरिजको थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन्।
यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने भएको छ। डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्ने कम्पनीले जनाएको छ।
21
Shares

प्रतिक्रिया