सेयरबजार आज पनि दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक आज १६.९५ अंकले बढेर २८ सय विन्दु पार गरेको छ।
त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ३.९८ अंकले बढेको नेप्सेले जनाएको छ।
बुधबारको कारोबारमा २२४ कम्पनी सामेल भएका छन्।
यसअनुसार १ करोड १९ लाख ४३ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ७७ हजार ५१८ पटकको खरिदबिक्रीमा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजारको कारोबार भएको छ।
आज १३ मध्ये जीवन बीमा, म्युचुअल फन्ड, लगानी, उत्पादन, निर्जीवन र विकास बैंकको सूचक राताम्य भएका छन्। बाँकी सूचक भने बढेका छन्।
आज छवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज ७.४७ प्रतिशतसम्म लगानीकर्ताले नोक्सानी व्यहोरेका छन्।
त्यस्तै कम्पनीहरुको अधिकतम कारोबार ५८ करोड रुपैयाँसम्म भएको छ।
Shares

प्रतिक्रिया