ad ad

कारोबार


सेयरबजारमा गिरावट, प्रभु बैंकको डेढ करोडको कारोबार

सेयरबजारमा गिरावट, प्रभु बैंकको डेढ करोडको कारोबार

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ९:४४,

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक ६.८८ अंकले घटेर ११३९.२९ विन्दुमा कायम भएको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.६२ अंकले ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १ सय ६१ कम्पनीको ७ लाख ८४ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ४ हजार ८० पटक भएको खरिदबिक्रीमा १७ करोड ५५ लाखको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ। आज ११ समूहको कारोबार भएकामा म्युचुअल फन्डको बाहेक बाँकी १० समूहको कारोबार सूचक रातो भएको छ।

कारोबारका आधारमा भने आज प्रभु बैंकले धेरै मूल्यको सेयर बिक्री भएको छ। आज प्रभुको १ करोड ५२ लाखको सेयर बिक्री भएको हो। त्यस्तै, देव विकास बैंक लिमिटेड प्रमोटर सेयरको १ करोड ४३ लाखको सेयर बिक्री भएको छ भने बाँकी कम्पनीले आफ्नो कारोबार १ करोड कटाउन सकेका छैनन्।

आज एनआईसी एसिया ग्रोथ फन्डका सेयरधनीले प्रतिसेयर ४.५२ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, वरुण हाइड्रो कम्पनीका सेयरधनीले ४.४० प्रतिशत, चिलिमे हाइड्रोपावरका सेयरधनीले २.६१ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्। पाँचथर पावर कम्प्यान्टका सेयरधनीले २.१३ प्रतिशत कमाउँदा ररैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले २ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्।

आज गुमाउने कम्पनीमा भने मेगा बैंक अगाडि छ। बैंकको सेयर मूल्यमा ५.४५ प्रतिशत ह्रास आएको छ। त्यस्तै, आँखुखोला जलविद्युतको ५.२६ प्रतिशतले सेयर मूल्य घट्दा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ५.०६ प्रतिशतले घटेको छ।

त्यसैगरी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४.७६ प्रतिशत, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .