ad ad

समाज


सुनकाेशी बस दुर्घटना अपडेटः १५ वटा शव संकलन, कम्तीमा ४० घाइते

सुनकाेशी बस दुर्घटना अपडेटः १५ वटा शव संकलन, कम्तीमा ४० घाइते

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ९:५४,

अरनिको राजमार्गमा पर्ने सुकुटे बिचस्थित सुनकोशी नदीमा खसेको बस नदीबाट बाहिर निकालिएको छ। उक्त दुर्घटनामा १५ वटा शव संकलन भइसकेको छ भने कम्तीमा ४० घाइते भएको उद्धारमा खटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले नेपालखबरसँगको कुराकानीमा नदीमा खसेको बस केही समयअघि मात्रै बाहिर निकालेको बताएका हुन्। उनले बसमा कुनै शव नभेटिएको जानकारी दिए। उनका अनुसार शव नदीले बगाएको र उद्धार टोलीले टाढासम्म पुगेर शव संकलन गरिरहेका छन्।

‘हामीले ४० जना घाइतेलाई उपचारका लागि पठाएका छौं’, दुर्घटनास्थलमा रहेका एसपी पाण्डेले भने, ‘शव संकलन भइरहेको छ, अहिलेसम्म १३ देखि १६ जनासम्मको शव संकलन भएको हुनुपर्छ।’

मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए।

घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .