ad ad

कारोबार


आईएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू, यस्तो छ कार्यक्रम तालिका

आईएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू, यस्तो छ कार्यक्रम तालिका

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १३:४, काठमाडौँ

ठूलो एजेन्ट सञ्जाल भएको आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ। 

उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्य–मुख्य सहरहरूमा आज मंगलबारदेखि आगामी मंसिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुनलागेको हो। 

वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिट्यान्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति गर्नेछन्। 

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी  रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ। 

उक्त कार्यक्रम आईएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जालहरु फेसबुक, युट्युब, ट्विटर र लिंक्डइन पेजहरूका अतिरिक्त साइग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्। 

कार्यक्रम तालिका

क्र.सं स्थान सहर  मिति समय सम्पर्क नं
 होटल रुबस धनगढी  ९ नोभेम्बर २०२१  दिउँसो २ः३० बजे ९८६८२२२०५५
२   क्लब ग्राभिटी पोखरा २२ नोभेम्बर २०२१ दिउँसो ४ः०० बजे ९८१९१४४३४७
राष्ट्रिय नाच घर काठमाण्डौं ३ डिसेम्बर २०२१ दिउँसो ३ः३० बजे ९८०१६४४४६२
साई पार्टी प्यालेस झापा १३ नोभेम्बर २०२१ दिउँसो ३ः०० बजे ९८१४०९९८०४
डि कन्सेप्ट  बुटवल २० नोभेम्बर २०२१ दिउँसो २ः३० बजे ९८५७०८०२८८
 चितवन गार्डेन रिसोर्ट चितवन १९ नोभेम्बर २०२१ दिउँसो २ः३० बजे ९८४५५२९५८२
BPKIHS अडिटोरियम  धरान १५ नोभेम्बर २०२१ दिउँसो २ः०० बजे ९८६०९३४६५४

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .