कारोबार


विभाजित डण्डी व्यवसायीलाई अर्थ समितिको सुझावः पहिला आन्तरिक छलफलबाट निष्कर्षमा पुग्नुस्

विभाजित डण्डी व्यवसायीलाई अर्थ समितिको सुझावः पहिला आन्तरिक छलफलबाट निष्कर्षमा पुग्नुस्

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १५:१८, काठमाडौँ

संघीय प्रतिनिधिसभाको अर्थ समितिले स्पञ्ज आइरन र बिलेट उद्योगीबीचमै समस्या आफ्नो संघमार्फत समाधान गर्न सुझाव दिएको छ। 

स्पञ्ज आइरन उद्योगलाई शून्य भन्सार र अन्तःशुल्क छुटको विषयमा उद्योगीहरुबीच विवाद भएपछि छलफल गरी निष्कर्षमा पुग्न संसदीय समितिले सुझाव दिएको हो। 

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले उद्योगीहरु एकअर्कोलाई आरोप लगाएर अस्वस्थ्य प्रतिस्पर्धा गरिरहेको बताए। 

मंगलबार अर्थसमितिमा भएको छलफलमा एकले अर्कोलाई आरोपभन्दा पनि उद्योगीको संघमार्फत समाधान खोज्न आग्रह गरे 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन आर्थिक विधेयकमार्फत फलामे डन्डी उद्योगसँग सम्बिधित कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महशुल तथा अन्तःशुल्कमा पूर्ण छुट दिएका छन्। 

बिलेट आयात गरी डन्डी बनाउने उद्योगमा भने ४.७५ प्रतिशत भन्सार महशुल र भन्सार विन्दुमा प्रतिमेट्रिक टन २५ सय रुपैयाँ अन्तःशुल्क कायम गरेको छ। 

सरकारको यो नीतिसँगै व्यवसायी दुई कित्तामा विभाजन भएका छन्। रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवाल नीतिको पक्षमा रहेका छन् भने वरिष्ठ उपाध्यक्ष किरण साखसहित अधिकांश सदस्य नीतिको विपक्षमा रहेका छन्। 

अर्थसमितिका  सचिव सुरेन्द्र अर्यालले उद्योगीले एक आपसमा आरोप प्रत्यारोप गरेर समस्या समाधान नहुने बताए। 

‘अर्थसमितिमा विषय प्रवेश गरेपछि यसको एउटा निष्कर्ष निस्किन्छ। तर उद्योगीहरुको प्रस्तुति हेर्दा एक अर्कोलाई गाली गर्दै हिँड्ने देखियो’, सचिव अर्यालले भने, ‘उद्योगीको संघ रहेको छ, त्यसबाट कसरी समाधान गर्ने भन्ने एउटै धारणा आए सहज हुन्छ नभए अर्थ समितिले दुवै उद्योगीलाई बाँच्न सक्ने गरी निर्णय गर्छ।’

उनले नेपाललाई कुन नीतिले फाइदा हुन्छ र उद्योग फैलाउन सक्छन् भन्ने हिसाबले निर्णय हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad