कारोबार


टक्सार विभागमा असर्फी किन्नेको भिड

टक्सार विभागमा असर्फी किन्नेको भिड

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १५:९, काठमाडौँ

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।

तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।

कोटाभन्दा बढी मानिसहरुको घुइँचो देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन्। उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन्।

हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad