ad ad

राजनीति


प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डीमा

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डीमा

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ९:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अस्पताल पुगेका छन्।

अध्यक्ष प्रचण्ड बिहीबार अपरान्ह ग्राण्डी पुगेका हुन्। यद्यपी उनले प्रधानमन्त्रीसँग भेट गरे/नगरेको बारे केही खुलाइएको छैन। आजै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं नेता भीम रावललाई चिकित्सकले भेट गर्न दिएका थिएनन्।

प्रधानमन्त्री ओलीको हिजो र आज गरी दुई पटक मिर्गौलाको डायलासिस गरिएको छ। अस्वस्थ भएपछि ओली बिहीबार बिहान ग्राण्डी अस्पतालमा भर्ना भएका थिए। उनलाई आजै डिस्चार्ज गर्ने अस्पताल स्रोतले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .