नेपालको चर्चित फुटवेयर ब्रान्ड गोल्ड स्टार अमेरिकी बजारमा प्रवेश गरेको छ।
गोल्ड स्टार कम्पनीकी बजार निर्देशक विदुषी राणाले संसारकै अग्लो स्थानबाट अमेरिकी बजारमा गोल्ड स्टार जुत्ता प्रवेश गरेको जानकारी दिएकी छिन्।
उनका अनुसार गएराति न्युयोर्क सहरमा गोल्ड स्टार जुत्ताको ‘ग्रान्ड लन्च’ गरिएको हो।
‘यो हाम्रो कम्पनीको सपना र मिसन हो’, उनले फेसबुकमा स्टाटस लेखेकी छिन्, ‘हामी त्यो सपनालाई महशुस गरी अघि बढ्दै छौँ।
न्युयोर्कमा लन्च कार्यक्रम गरिएको थियो। जहाँ नेपाली कन्सुल जनरल विष्णु प्रसाद गौतम प्रमुख अतिथि रहेको उनले बताइन्।
त्यस्तै ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रमुख कार्यकारी मार्क ज्याफे र अन्य महत्वपूर्ण व्यक्तिहरु कार्यक्रममा सहभागी भएका थिए।
उनले भनेकी छिन्, ‘अमेरिकी बजारले गोल्ड स्टारलाई स्वीकार्ने र माया गर्नेमा आशावादी छु।’
गाेल्ड स्टार जुत्ता खाडी देशहरुमा समेत पुगिसकेकाे छ। बहरेनमा तीन नेपाली युवाले नेपालबाट लगेर यसकाे बिक्री वितरण गरिरहेका छन्। नेपाल र भारतमा गाेल्ड स्टार जुत्ताले राम्रै माया पाएकाे छ।
- यो पनि पढ्नुहोस् - बहरेनमा गोल्डस्टार जुत्ता बेच्दै नेपाली युवा, भन्छन्ः फिडब्याक राम्रो छ
Shares
प्रतिक्रिया