ad ad

कारोबार


चिरायु अस्पतालले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

चिरायु अस्पतालले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

नेपालखबर
असोज २४, २०७८ आइतबार १३:३८, काठमाडौँ

चिरायु नेशनल हस्पिटलले ‘चिरायु फार्मेसी’ सञ्चालनमा ल्याएको छ। 

काठमाडाैंकाे वसुन्धरामा रहेकाे अस्पतालले घटस्थापनाको दिन आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो।

सोही दिन एक कार्यक्रमका बीच फार्मेसीको उद्घाटन गरिएको अस्पतालले जनाएको छ। 

कार्यक्रममा फार्मेसी उद्घाटनसँगै दसैँ तथा तिहारको शुभकामना साटासाट गरिएको थियो। 

अस्पतालले लोक तथा दोहोरी प्रतिष्ठानका सदस्यहरूलाई केही प्रतिशत छुटमा उपचार गर्दै आएको छ। 

अबको केही समयमै पत्रकारका लागि पनि केही कार्यक्रम ल्याउने हस्पिटलका बिजनेस डेभलपमेन्ट मेनेजर हिमाल रानाले बताए।

अस्पतालमा नै आयोजना गरिएको कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा वडाअध्यक्ष दिपक केसी, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीसँगै वरिष्ठ लोकदोहोरी गायिका बिमाकुमारी दुरा, बद्री पङ्गेनी, पशुपति शर्मा, पूर्णकला बीसी, भूमिका गिरीलगायत लोक तथा दोहोरी क्षेत्रका हस्तिहरुको उपस्थिति थियो। 

अस्पताल टिमले उपस्थित सदस्यलाई मायाको चिनोसँगै प्रमाणपत्र दिएर कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकार र पत्रकारहरुलाई सम्मान गरेको थियो।

कार्यक्रममा बोल्दै गायक पङ्गेनीले उपचार छुटसँगै अन्य अस्पताल लैजानुपर्ने बिरामीका लागि सहजकर्ता राख्न अनुरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .