कारोबार


लक्ष्मीपूजाको दिन सदरमुकामसहित दुई गाउँपालिका अन्धकार

लक्ष्मीपूजाको दिन सदरमुकामसहित दुई गाउँपालिका अन्धकार

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १७:२९,

नेपालीहरुको महान् पर्व तिहारको मुखमा सिमकोट बजार आज बिहान ५ बजेदेखि अन्धकार भएको छ। तिहारको तेस्रो दिन आज राति ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा गरी मनाउने भए पनि सिमकोट सदरमुकाम बजारसहित यहाँका दुई गाउँपालिका अन्धकार भएका छन्।

भदौ २० गतेबाट बन्द गरी मर्मत गरिएको हिल्दुम साना जलविद्युत् फेरि एक महीना नपुग्दै बन्द भएको छ । २० सम्म हेल्दुम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द गरी हेल्दुम वितरण केन्द्रमा नै नयाँ पेन स्टक पाइप बदली, नहर मर्मत गरी पुनर्निर्माण गरिएता पनि नेपालीको ठूलो पर्व तिहारको मुखैमा विद्युत् आपूर्ति बन्द भएको छ।

हेल्दुम वितरण केन्द्रले सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार ८०० घरधुरीलाई सेवा दिँदै आएको थियो। हेल्दुम साना जलविद्युत् आयोजनामा रहेका सामग्रीहरु १५ वर्षदेखि काम चलाई आएको हुनाले यहाँका स्थानीयवासीले नेपालीको महान् पर्व, तिहार, एसइई तयारी गरिरहेको विद्यार्थीलगायत अन्य नागरिकलाई सास्ती हुने गरेको छ।

पावर हाउसमा केही दिन अगाडि टालटुल पारिएको पाइप फुट्दा विद्युत् बन्द रहेको हेल्दुम वितरण केन्द्र कार्यालयले जानकारी दिएको छ। केही वर्षअघि देखि फुटेका पाइप ठाउँठाउँमा वेल्डिङ गरेर काम चलाउँदै आउने प्रविधिलाई हाबी गर्दै यो पटक लामो समय २० विद्युत् सेवा बन्द गरी मर्मत गरिएता पनि फेरि यहाँका नागरिकले उही पुरानै सास्ती भोग्नुपर्ने अवस्था छ।

पाँच सय किलोबाट उत्पादन क्षमता भएको हिन्दम जलविद्युत् तिहारको तेस्रो दिन अर्थात् लक्ष्मी पूजाको झिलीमिली हुने दिन स्थानीयवासीले ज्वरोको सहायतमा मनाउन बाध्य छन् । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको लापरवाहीका कारण विद्युत् आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् ।

नहर मर्मत र ‘पेन स्टक’ पाइप बदली गरिएता पनि पावर हाउसमा रहेका मेशिन भने बजेट नभएको भन्दै मर्मत नगरिएका कारण विद्युत् आपूर्ति सेवा फेरि बन्द छ । पावरमा रहेका विद्युत् सप्लायर्स गर्ने दुई वटा मेशिनमध्ये एउटा मेशिन बिग्रिएको छ । बर्सेनि टालो टाल्दै आएको विद्युत् तिहारको दिन बन्द छ । आज देशका विभिन्न ठूलादेखि गाउँघरमा बत्ती बालेर झिलीमिली गरिने दिन भए तापनि हुम्लाको सदरमुकाम सिमकोट अन्धकार छ । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad