कारोबार


टाटा अल्ट्रोज बीएस ६ एक्सएम प्लस नेपालमा सार्वजनिक

टाटा अल्ट्रोज बीएस ६ एक्सएम प्लस नेपालमा सार्वजनिक

नेपालखबर
असोज २१, २०७८ बिहिबार १३:३४, काठमाडौँ

टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस ६ को एक्सएम प्लस भेरियन्ट आज नेपालमा सार्वजनिक भएकाे छ। 

नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू रहेको कम्पनीले जनाएको छ। 

‘एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिन्छन्’, कम्पनीले भनेको छ, ‘स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी।’ 

यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिने कम्पनीको भनाइ छ। 

ग्राहकले क्लालिटीमा मात्र नभई लुक्समा पनि ध्यान दिने भएकाले अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले यात्राको क्रममा उनीहरुलाई आनन्द र सहजताको खोजी पूरा गरिदिने कम्पनीले जनाएको छ। 

‘चुजी’ ग्राहक आकर्षित हुन्छन्’
अल्ट्रोजको एक्सएमप्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुनेछ। यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्नेछ।

पेट्रोल पावरट्र्ेनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लस पाउनेछन्। 

यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्वपूर्ण फाइदा सुपथ सुपथ मूल्य पनि छ। यो आफैँमा आकर्षक त छँदै छ।

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोसँग सबैको ध्यान खिचेको साँचो हो। 

त्यसपछि यस गाडीको स्टालिइस डिजाइन र सुगमतालाई सह्राहना गरिएको छ। र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको हो। 

अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पाँचतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको छ।

अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ। र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad