कारोबार


सुबिसुको ‘दक्षिणा अफर’ : १३ हजार ९९९ रुपैयाँमै वर्षभरिलाई ५० एमबीपीएस इन्टरनेट

सुबिसुको ‘दक्षिणा अफर’ : १३ हजार ९९९ रुपैयाँमै वर्षभरिलाई ५० एमबीपीएस इन्टरनेट

नेपालखबर
असोज २१, २०७८ बिहिबार १३:२३, काठमाडौँ

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले बडादशैँको उपलक्ष्यमा ग्राहकमाझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।

अफरअन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्ने कम्पनीको दाबी छ। यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ–सेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन्। 

यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने छ।

चाडबाडलाई लक्षित गरी र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याएको हो। 

अफर सीमित अवधिका लागि लागू भई शर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad