नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले यसपालिको दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ग्राहक लक्षित ६ लाखसम्मको फाइदा हुने अफर ल्याएको छ।
यो अफर कम्पनीको दुई एसयूभी तेस्रो पुस्ताको हाभल एच६ र हाभल जोलियनका साथै पिकअप पोअरमा उपलब्ध हुनेछ।
नेपालको एसयूभी र पिकअप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवर्द्धनअनुरुप नै यो अभियान “चाडपर्वको उमङ्ग हाभल र पोअर चढी दङ्ग” अफर ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसा दशैँ अफरमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा, १ वर्षको विस्तृत बीमा सुविधा उपलब्ध हुनेछ।
सबै हाभल गाडीहरुमा ५ वर्षको र पोअर गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध छ। कम्पनीको शोरुम थापाथली, काठमाडौंमा छ।
नेपालभरिका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको छ। यूएन पार्कनजिकै चाकुपाट, पाटनमा कम्पनीले स्टेट अफ द आर्ट सर्भिस सेन्टर चाँडै खुल्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया