सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रिज नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ।
सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौँ वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।
उक्त समारोहमा सिप्रदियन सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीका अनुसार सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था सदैव समाजको हितमा लागिरहेको छ।
वडा नम्बर ४ लाई सहयोग गर्न पाउँदा हर्षित भएको उनले बताए। यी स्ट्रिट लाइटहरुले रातिको समय स्थानीयवासीहरुलाई जनजीवनमा सहजता पुर्याउने उनले बताए।
Shares

प्रतिक्रिया