कारोबार


फक्सवागनले नयाँ टाइगन सार्वजनिक गर्दै, सुरुवाती मूल्य ५२ लाख

फक्सवागनले नयाँ टाइगन सार्वजनिक गर्दै, सुरुवाती मूल्य ५२ लाख

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १४:१५, काठमाडौँ

फक्सवागनले नयाँ टाइगन नेपाल भित्र्याएको छ। 

फक्सवागनको आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गर्न लागेको हो।  

आइतबार सोल्टी होटलमा जर्मन राजदूतको उपस्थितिमा नयाँ टाइगन लन्च गर्ने कम्पनीको तयारी छ। 

टाइगुन यसअघि भारतमा सार्वजनिक भइसकेको छ। 

५२ लाख मूल्यबाट सुरु हुने टाइगनमा ९९९ सीसीको टर्बो चाज्र्ड टीएसआई इन्जिन छ। यसले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ। 

गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ। 

डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस छ। 

गाडीमा सुरक्षालाई विशेष जोड दिइएको छ। 

त्यसका लागि इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (स्थिरता नियन्त्रण), गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन्। 

सिल्भर, रेड, एल्लो, ग्रे, ह्वाइट कलरमा रहेको छ। ३ वटा भेरियन्टमा उपलब्ध हुनेछ। 

टाइगनको सुरुवाती मूल्य ५२ लाख र टप भेरियन्टको मूल्य ७२ लाख बढी पर्नेछ। यसमा चाडपर्वकाे अवसरमा केही छुट हुने पुजा इन्टरनेशनलले जनाएकाे छ। 

पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले टाइगनले ‘मास मार्केटलाई क्यास’ गर्नसक्ने बताए।  

‘टाइगन आइतबार लञ्च गर्दै छौँ’, बिजुक्छेले भने, ‘फक्सवागन मास मार्केटमा जानसकेको थिएन। टाइगन मासमा जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad