राजनीति


ओलीले भने : केही व्यक्तिले कम्युनिष्ट आन्दोलनकै बदनाम गरे

ओलीले भने : केही व्यक्तिले कम्युनिष्ट आन्दोलनकै बदनाम गरे

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १४:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरुका कारण नेपालको कम्युनिष्ट आन्दोलन बदनाम भएको बताएका छन्।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। 

उनले २०७५ जेठ ३ मा माओवादीसँग एकता नभएको भए यो विधान महाधिवेशन दुई वर्षअघि नै भइसक्ने पनि बताएका छन्। 

'माओवादीसँग एकता नभएको भए यो महाधिवेशन भइसक्थ्यो', उनले भने, 'अहिले आएर केही व्यक्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गरेका छन्। केही व्यक्तिले संगठनमा अराजकता र पदलोलपुतालाई प्राथमिकता दिए।'

ओलीले अहिले आएर एमालेविरुद्ध घेराबन्दीका नयाँ श्रृंखला सुरु भएको पनि बताएका छन्। 'पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृंखला सुरु भएका छन्', उनले भने, 'राष्ट्रिय हितमाथि आक्रमण भएर मुलुकको भविष्य जोखिममा परेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad