सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश प्रसाद जोशीले राजीनामा दिएका छन्।
बैंकका अनुसार जोशीले व्यक्तिगत कारण खुलाई राजीनामा दिएका हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागू हुनेछ।
उनको राजीनामा बैंकको बुधबार बसेको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।
जोशीले बाहिरिने भएपछि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाल डेपुटी सीईओ रहेका रामकुमार गिरीले पाएका छन्।
9
Shares

प्रतिक्रिया