जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि भीडभाड हुने कुनै पनि गतिविधिमा निषेध गरेको छ।
कोरोना भाइरस फैलिने जोखिम अहिले पनि उच्च रहेको जनाउँदै प्रशासनले बिहीबारदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मलाई जिल्लाभित्र कुनै किसिमका भीड हुने कार्यक्रममा रोक लगाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेशमार्फत महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका हुन्।
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ आउने दुई साता बाँकी रहेको अवस्थामा प्रशासनले थोरै भन्दा थोरै र घरका मात्रै सदस्यहरुको सहभागितामा सामान्य रुपमा चाडपर्व मनाउन पनि भनेका छन्।


123
Shares

प्रतिक्रिया