कारोबार


बर्दघाट विद्युत् सबस्टेसनमा आगलागी

बर्दघाट विद्युत् सबस्टेसनमा आगलागी

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १०:४१,

नवलपरासीको बर्दघाटमा रहेको १३२/११ केभी सबस्टेसनमा शुक्रबार आगलागी भएको छ। सबस्टेसनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा (कन्ट्रोल रुम) आगलागी भएको हो ।

कन्ट्रोल रुपमा विद्युत पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ। आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

उनले भने, ‘राति आगलागी भएको छ, कन्ट्रोल रुममा रहेका कन्ट्रोल प्यानल लगायत अन्य उपकरणहरु पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौं।’

butwal sub 3

प्राधिकरणले शुक्रबार नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौंबाट त्यहाँ पठाएको छ। सबस्टेसनमा अगलागी भएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो। त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत आपूर्ति भइरहेको थियो।

प्राधिकरणले परासी, गण्डक र सित्तलनगर सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ। गत वर्ष पनि बर्दघाट सबस्टेसनको त्यही कन्ट्रोल रुममा आगलागी भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad