समाज


इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै ‘चन्द्रागिरि’ मा धर्ना

इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै ‘चन्द्रागिरि’ मा धर्ना

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १०:४६,

स्थानीयले चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका पीडितहरुले शुक्रबार चन्द्रागिरि नगरपालिकाको कार्यालयका धर्ना दिँदै त्यहाँ भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरि नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन्। त्यस अवसरमा उनीहरुले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिन भित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिन भित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिए। उनले सो नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनु परेको पनि स्पष्ट पारे।

धर्ना कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राजेन्द्र वानियाँले आफ्नो वडाबाट इँट्टाभट्टा हटाउन आफू तयार रहेको बताए। उनले स्थानीयले इँट्टाभट्टा हटाएर सो ठाउँलाई धुवाधुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे।

यसैबीच, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे। उनले नगरपालिका भित्र हुने सबै प्रकारका प्रदुषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताएा

चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरलाई प्रदुषणमुक्त बनाउने नीति तय गरेपनि कार्यान्वयन नगरेकोमा स्थानीयको आक्रोश छ। उनीहरुले क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भएकाले त्यस क्षेत्रबाट तत्काल इँट्टाभट्टा हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad