तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ।
बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो। यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ। बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ। रासस

प्रतिक्रिया