कारोबार


नर्भिकमा सुविधासम्पन्न नयाँ भवनको शिलान्यास

नर्भिकमा सुविधासम्पन्न नयाँ भवनको शिलान्यास

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ९:१६,

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ शुक्रबा ‘भूमिपूजन’ तथा भवन निर्माणको शिलान्यास गरेको छ। अस्पतालले जनाएअनुसार नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शैय्यायुक्त, यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ।

हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु-याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुनेछ। नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमिपूजन तथा भवनको शिलान्यास एक विशेष समारोहबीच हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरे।

नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार सात सय ७० दशमलव १ वर्गफिट हुने र भूमि/जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव रू. दुई अर्व हुने बताइएको छ। अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ।

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ।

स्मरणीय छ, वि.सं. २०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट वहुआयामिक एवम् वहुवैशिष्ट्य हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पु-याउदै आएको छ।

नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न/कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था बन्नु रहेको छ।

नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्म–निर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समय सापेक्ष, आधुनिकीकरण गर्दै, साधन–सम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानहरुमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad