बलिउड स्टार अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। तर, फिल्मको पहिलो दिनको कमाई सार्वजनिक नहुँदै यसको नकारात्मक टिप्पणी सुरु भएको छ।
फिल्मको ‘ट्रेलर’ रिलिज भएपछि नै यसले चर्चा कमाएको थियो। फिल्ममा अक्षयको लुक्स, यसको कहानीलाई धेरैले रुचाएका थिए। तर, फिल्म हेरेपछि भने उनीहरुमा निराशा छाएको छ।
फिल्म हेरेपछि सामाजिक संजालमा धेरैले आक्रोश ब्यक्त गरेका छन्। ट्विटरमा ‘हाउसफुल४रिभ्यू’ ट्रेन्डिङमा छ। यसकै माध्यमबाट मानिसहरु फिल्म हेरेपछि आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।
एक दर्शक लेख्छन्, ‘मलाई मेरो पैसा फिर्ता चाहियो।’ अर्का ट्विटर प्रयोगकर्ता लेख्छन्, ‘यसको कमेडी निकै नै बकवास छ।’ साथै उनले यो फिल्म हेरेपछि आम मानिसलाई मोतिविन्दुको अपरेशन गर्नुपर्ने लेखेका छन्।

८० करोडको बजेटमा तयारी पारिएको फिल्ममा अक्षयसँगै बबी देवल, रितेश देशमुख, राणा दग्गुबाती, चंकी पान्डे, नवाजुद्धिन सिद्धिकी, कृति सेन, कृति खबरबन्दा र पुजा हेगडे रहेका छन्। फिल्ममा पुर्नजन्मको कन्सेप्ट कमेडिको माध्यमबाट देखाउन खोजिएको छ।

प्रतिक्रिया