ad ad

कारोबार


पोखरा महानगरको विकास बजेट खर्च आधामात्रै

पोखरा महानगरको विकास बजेट खर्च आधामात्रै

नेपालखबर
असोज ४, २०७८ सोमबार १३:२४, काठमाडौँ

पोखरा महानगर विकास बजेट खर्चको मामिलामा कमजोर देखिएको छ। 

महानगरले गएको आर्थिक वर्षमा विकास बजेटको ५०।५ प्रतिशतमात्रै खर्च गरेको छ। 

महानगरले आर्थिक वर्ष २०७७÷०७८ मा पुँजीगततर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो। 

चालूतर्फ भने ८७ प्रतिशत बजेट खर्च भएको छ। महानगरका वित्त महाशाखाका निर्देशक जयराम पौडेलले कोभिड महामारीका कारण लक्ष्य अनुसारको बजेट खर्च नभएको जिकिर गरे। 

उनले कुल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजारको बजेटमध्ये ३ अर्ब, ६८ करोड, ८१ लाख २५ हजार रुपैयाँ खर्च भएको बताए। 

बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै (९१.३७ प्रतिशत) शिक्षा महाशाखाले खर्च गरेको छ। महाशाखाले कुल १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये १ अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको हो। 

त्यस्तै सबैभन्दा कम सामाजिक विकाश महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ। 

सो महाशाखामा रहेको कुल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये ४ करोड ६४ लाख ७१ हजार रकम खर्च भएको उनले जानकारी दिए। 

पूर्वाधारतर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ। कुल बजेट २ अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये  १ अर्ब २९ करोड,  २७ लाख ४५ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए। 

राजस्व संकलनमा पनि महानगरले लक्ष्य भेट्टाएको छैन। 

गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा ७ करोडमात्र उठेको छ। महानगरले ३५ करोड राजस्वको लक्ष्य राखेको  ढुंगा, गिट्टी र बालुवा करबाट २१ करोड ८० लाख संकलन गरेको छ। 

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामाग्रीको अभाव, कामदारको अभाव तथा कोरोना महामारीका कारण योजना अनुरुपका कामहरु गर्न नसकिएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .