हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य घटाएको छ।
उद्योगले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ४५ रुपैयाँ घटाएको हो। यसअघि सात सय ४७ रुपैयाँमा बिक्री हुँदै आएको हेटौँडा सिमेन्ट यही असोज १ गतेदेखि ७ सय २ रुपैयाँमा बिmक्री गर्न थालएको छ।
निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले पनि मूल्य समायोजन गरेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए।
हेटौंडा सिमेन्टले बजारको माग र निजी उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी अब हरेक महिना मूल्य समायोजन गर्ने उनले बताए।
हेटौंडाकै शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा ६ सय ८० र रिद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा सात सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग तीन वर्षदेखि घाटामा छ।
गएको आर्थिक वर्षमा उद्योगले करिब तीन करोड रुपैयाँ घाटा बेहोरेको सिंहले बताए। उद्योगले आर्थिक वर्ष २०७६/७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड रुपैयाँ घाटा बेहोरेको थियो।
Shares
प्रतिक्रिया