ad ad

कारोबार


अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा बढ्याे, अब एकै दिनमा चेक क्लियरिङ

अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा बढ्याे, अब एकै दिनमा चेक क्लियरिङ

नेपालखबर
असोज ४, २०७८ सोमबार ९:३, काठमाडौँ

दसैंलाई आर्थिक कारोबार बढी हुने समय मानिन्छ। हरेक वर्ष दसैंमा अन्तरबैंक क्लियरिङको चाप बढ्छ। यसैलाई विचार गरेर नेपाल क्लियरिङ हाउस लिमिटेडले सेवा बढाएकाे छ। 

क्लियरिङ हाउसद्वारा सञ्चालित एनसीएचएल आईपीएसबाट हुने अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि गरिएको हाे। 

आजैदेखि एनसीएचएल आईपीएस प्रणालीमा बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली र सोमबारदेखि बिहीबारसम्म विदेशी मुद्रा) प्राप्त भएका भुक्तानी आदेश सोही दिन फर्छ्याेट हुने व्यवस्था लागू गरिएकाे कम्पनीले जनाएको छ।

यसभन्दा अघिसम्म बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्म प्राप्त भुक्तानी आदेश मात्र त्यही दिन फर्छ्याेट हुने गरेको थियो। समय सीमा वृद्धिसँगै प्रणालीमा आएका कारोबार अर्को दिन फर्छ्याेट हुने व्यवस्था यथावत् रहनेछ।

त्यसैगरी दिउँसाे ३ः३० बजेसम्म प्राप्त बैंकको आफ्नो ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी आदेश सोही दिन फर्छ्याेट हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

त्यस्तै शुक्रबारसमेत  साढे १२ बजेसम्मका भुक्तानी आदेश सकेसम्म त्यही दिन फर्छ्याेट गर्नेसमेत कम्पनीलेले जानकारी गराएको छ। 

नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तरबैंक कारोबारमा सहजीकरण गर्ने गर्छ।

एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्टआरटीजीएस, एनपीआई र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .