ad ad

कारोबार


‘खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसामा नेपाल आउन देऊ’

‘खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसामा नेपाल आउन देऊ’

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १७:५१, काठमाडौँ

पर्यटन व्यवसायीले कोभिड खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी अनअराइभल भिसामा नेपाल आउन दिन माग गरेका छन्। 

पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठकले भारतसंग तत्काल सीमानाका खोल्नुपर्ने माग गरेका हुन्। 

व्यवसायीहरुले तत्कालीन केपी ओली सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्नुपर्ने बताएका छन्। 

सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका सीडीओलाई जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सामूहिक निर्णय गरेका छन्। 

अन्तर्राष्ट्रिय रुपमा ट्राभल एडभाइजरीमा नेपाललाई रेड जोनमा राखेको हुँदा हटाउनका लागि नेपाल सरकारले नेपाल सुरक्षित रहेको सन्देश पठाउनु पर्ने बताएका छन्।

‘नेपाललाई रेड जोनमा राखेको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारले नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिड खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपाल निर्वाध आउन दिनुपर्छ’, व्यवसायीले निर्णय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .