ad ad

कारोबार


कालीमाटी र कलंकीमा अर्ब लागतका दुई ट्रेड सेन्टर तयार, छिट्टै सञ्चालनमा आउने

कालीमाटी र कलंकीमा अर्ब लागतका दुई ट्रेड सेन्टर तयार, छिट्टै सञ्चालनमा आउने

वसन्त अर्याल
भदौ ३१, २०७८ बिहिबार १२:१४, काठमाडौँ

काठमाडौंको कालीमाटी र कलंकीमा दुईवटा ट्रेड सेन्टर निर्माण भएका छन्। 

सञ्चालनको तयारीमा रहेका यी ट्रेड सेन्टरका सटर धमाधम बुकिङ भइरहेका छन्। 

कालीमाटी ट्रेड सेन्टरका अधिकांश सटर बिक्री भइसकेका छन् भने कलंकीमा बिक्री भइरहेको यसका डेभलपर्सले बताएका छन्। 

कलंकी ट्रेड सेन्टर करिब ५ वर्ष पहिला निर्माण सुरु भए पनि भर्खर सम्पन्न हुँदै छ। कालीमाटी ट्रेड सेन्टर भने ३ वर्षअघि सुरु भई निर्माणसम्पन्न भएको कम्पनीले जनाएको छ। 

दुवै ट्रेड सेन्टरमा डेभलपर्सले सटर बिक्री गरी लालपुर्जा दिन्छन्। उक्त सटरमा आफैँ पसल गर्न वा भाडामा समेत लगाउन सकिन्छ। 

कालीमाटी ट्रेड सेन्टरको निर्माण रोडशो रियल स्टेट प्रालिले गरेको हो। यसअघि रोडशोले न्युरोडको रञ्जना ट्रेड सेन्टर निर्माण गरेको थियो। 

त्यही मोडलमा कालीमाटी ट्रेड सेन्टर निर्माण भएको कम्पनीले जनाएको छ। रोडशोले बिल्डिङ बनाएर सटर बेच्ने जनाएको छ। हरेक सटरको छुट्टै पुर्जा हुनेछ। 

दशैँअघि नै ट्रेड सेन्टर सञ्चालनको तयारी गरे पनि कोभिडको कारण ढिलाइ भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले तयारी पूरा भए दशैँ तिहारको बीचमै सञ्चालन गर्नेछ। 

कालीमाटी टे«ेड सेन्टरमा १४० वटा सटर छन्। सेन्टरका करिब ७० प्रतिशत सटर बिक्री भइसकेका छन्। सेन्टरमा ठाउँअनुसार सटरको मूल्य फरक छ। ३ वर्षअघि ७० देखि ७५ लाखसम्म रहेकोमा अहिले त्यसको १० प्रतिशत बढ्ने डेभलपर्सले जनाएको छ।

३ रोपनी क्षेत्रफलमा उक्त टेड सेन्टर निर्माण भएको हो। ट्रेड सेन्टर निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको डेभलपर्सले उल्लेख गरेको छ। 

ग्राउन्ड फ्लोर, पहिलो तल्ला, दोस्रो तल्ला र तेस्रो तल्लासम्म रिटेल पसलहरु रहेका छन्। ट्रेड सेन्टरमा कस्मेटिक, फेन्सी लगायतका पसल रहनेछन्। 

एउटा फ्लोरमा अपार्टमेन्ट रहेको छ। टपमा दुईवटा सिनेमा हल रहनेछन्। एउटा रेस्टुरेन्ट हुनेछ। ​

कलंकी ट्रेड सेन्टर
कलंकी ट्रेड सेन्टर कलंकी डेभलपर्स प्रालिले गरेको हो। अधिकांश सटरको बुकिङ भइसकेको कम्पनीले जनाएको छ। कंलकी टेड्र सेन्टरको बाहिरको काम करिब सम्पन्न भएको छ। 

तर फिनिसिङको काम भइरहेको एक सञ्चालकले जानकारी दिए। 

कम्पनीले निर्माण सुरु हुँदै बुकिङ सुरु गरेको थियो। किस्ता किस्तामा रकम लिएर ट्रेड सेन्टर निर्माण भएको डेभलपर्सले जनाएको छ। १ सय १२ आना क्षेत्रफलमा कलंकी ट्रेड सेन्टर निर्माण भएको छ।   

ट्रेड सेन्टरको कंलकी–ढुंगेअड्डा सडकलाई ग्राउन्ड फ्लोर मानी माथि दुईतल्ला र तल ६ वटा तल्ला रहेका छन्। ट्रेड सेन्टरले माइनस वान, माइनस टु गर्दै सटर बिक्री गरेको छ। एउटा तल्ला गाडी पार्किङको लागि रहनेछ। 

‘अहिले ट्रेड सेन्टरको आन्तरिक डिजाइनको काम भइरहेको छ’, ती सञ्चालकले भने, ‘सबै बुकिङ भइसकेको छैन। बुकिङ गर्दै छिट्टै सेन्टर सञ्चालनमा ल्याउने योजना बनाएका छौँ।’

१ वर्षअघि कंलकीमै नेशनल बिजनेस सेन्टर (एनबीटीसी) सञ्चालनमा ल्याएको समूहले कंलकी ट्रेड सेन्टर सञ्चालनमा ल्याएको हो। 

एनबीटीसी होलसेल मार्केट केन्द्रको रुपमा विकास भइरहेको जनाएको छ। 

एनबीटीसीमा पनि केही सटर बुकिङ हुन बाँकी रहेको उल्लेख गरेको छ। कम्पनीले हाल सटर खरिद गर्नेका लागि २ वर्षसम्म भाडामा ७० प्रतिशतसम्म छुट, २ वर्षसम्म भाडा दरमा वृद्धि नहुने, ५ वर्षसम्मको सम्झौता, पार्किङ सुविधा रहेको सेन्टरले जनाएको छ। 

१ हजार पसलमध्ये ३५० सञ्चालनमा रहेको, २५० डेकोरेसन भई सञ्चालनको तयारीमा रहेको कम्पनीले उल्लेख गरेको छ। खाली रहेका सटर भाडामा लिने वा खरिद नै गर्न सक्ने एनबीटीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .