फोन पे पेमेन्ट सर्विस लिमिटेडमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ। स्थापनाको दुई वर्षमै फोन पेमा मर्चेन्टको संख्या ५ लाख नाघेको कम्पनीले जनाएको छ।
कम्पनीले सेवा सुरू गर्ने बित्तिकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो।
कम्पनीका अनुसार हाल फोन पेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ। यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।
फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ। ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन्।
फोन पे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको जनाएको छ।
फोन पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया